बागमती प्रदेश जिल्ला खबरबिशेषसमाचार
मालु खोलामा पहिरो आउँदा चरिकोट–तामाकोशी–मन्थली मुख्य सडक खण्ड अवरुद्ध

दोलखा – दोलखाको मेलुङ गाउँपालिकाको मालु खोलामा पहिरो आउँदा चरिकोट–तामाकोशी–मन्थली मुख्य सडक खण्ड अवरुद्ध भएको छ ।
आज साँझ ६ बजे मेलुङ गाउँपालिका–७ मालुखोलास्थित चरिकोट–मन्थली मुख्य सडक– खण्डमा सडक माथिबाट पहिरो झर्दा बाटो पुर्ण रुपमा अबरुद्ध भएको हो । अवरुद्ध बाटो प्रहरी र सडक बिभाग टोलीको सहयोगमा साँझ ७ बजेतिर जेसिबीको सहायताले पहिरो पन्छाई बाटो सुचारु गरिएको थियो ।
तर राती ८ बजेतिर पुनः सोही स्थानमा पहिरो आउँदा सडक पूर्णरुपमा अवरुद्ध भएको दोलखा प्रहरीले जनाएको छ । अवरुद्ध सडक हालै खुलाउन नसकिने अवस्थामा रहेको र अब बिहान मात्र खुलाइने बताइएको छ ।
समाचार स्राेतः हाम्राे अपडेट दाेलखा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?