
काठमाडाैं – नेपाली संगीत परम्पराको संरक्षणका लागि १६ वर्ष मुनिका बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले “बाद्यसम्राट न्हुछे बहादुर डंगोलले जुनियर बीट मास्टर मादल प्रतियोगिता २०८२ को उपाधि समीर डंगाेलले जितेका छन्।
न्हुजा गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठकाे अध्यक्षतामा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि संगीत सम्राट न्हुछे बहादुर डंगोल आफैंले बालबालिकाहरूलाई उपहार तथा पुरस्कार दिएका छन् ।

निर्णायक मण्डलमा खड्ग बुढा मगर, सानुराजा महर्जन र इन्दिरा लाचिम्स्युले गरेकाे निर्णय अनुसार विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र पदक प्रदान गरिएको थियो।
प्रतियाेगितामा न्यु जेनिथ इङ्लिस मोडेल स्कूलका समीर डंगोल प्रथम, मोडेल स्कूलका सुजल श्रेष्ठ द्वितीय, काठमाडौँ संगीत मण्डलका प्रसन्न महर्जन द्वितीय भए भने फ्युचर स्टार बोर्डिङ स्कूलका प्रभात र लर्ड हापा एकेडेमीका एन्जल द्वितीय भए।

प्रतियाेगितामा २३ विद्यालय र संस्थाका कुल ३९ जनाले भाग लिएका थिए। निर्णायकहरूले मदालयको लय, आत्मविश्वास र रचनात्मकताको प्रदर्शनको सही मूल्याङ्कन गरेकाे सहभागीजनले बताएका छन् । “साना हात, ठूला लय मादलमा भविष्यको चाल !” नारा सहितकाे साे कार्यक्रममा उपस्थित सबै सहभागीहरूले खेलाडी र निर्णायक मण्डलको प्रशंसा गरेका थिए ।
तस्बिर साैजन्यः सुनिता महर्जन
https://shorturl.fm/1XRtG