
काठमाडाैं – सांगीतिक योगदानबाट नै पहिचान जमाउन अग्रसर भएकी समाजसेवी तथा शब्द रचयिता एवं गायिका सकुना श्रेष्ठ मलेकुको नयाँ भजन “कृष्ण कृष्ण” को छायाङ्कन हालसालै सम्पन्न भएको छ।
२०७८ सालमा “माईतीको आगन” बोलको गीतबाट तिजको अवसरमा सांगीतिक यात्रा सुरु गरेकी श्रेष्ठले तिजका दर्जनौं लोकप्रिय गीतहरू जस्तै “तिजको लहर”, “रानी झै घमक्क” आदि बजारमा ल्याइसकेकी छन्। यसै गरी जन्मघर दोलखा, दोलखा बजारमा, कति सहन्छौ जस्ता आधुनिक गितका साथै श्यामसुन्दर, दोलखा भीमेश्वर, रामराम र पार लगाउन प्रभु जस्ता भजन संग्रह रहेको छ ।
उनले भजनमा मात्र नभइ स्वरचनामा पनि नारी सशक्तिकरणको पक्षमा आधारित गीतहरू गाएकी छन्, जुनले उनको दृष्टिकोण प्रकट गर्छ। धार्मिक आस्था र सेवा भावमा तल्लीन भएकी सकुना श्रेष्ठ दोलखाको भीमेश्वर देवता र मच्छिन्द्रनाथप्रति पूर्ण भक्तका रूपमा पहिचान बनाउन चाहन्छिन् ।

सकुना श्रेष्ठको माइतघर दोलखा र कर्मघर ललितपुरको पुल्चोक हो। दुबै स्थानमा समान सेवा पुर्याउने उद्देश्यले दुवै जिल्लाका केही विद्यालयहरूमा आवश्यक सरसामग्री सहित आर्थिक सहयोग गर्ने कार्यमा सततः सक्रिय रहँदै आएकी छन्।
समाजसेवाकाे हिसाबमा उनले स्पष्ट शब्दमा बताएकी छन्: “समाजसेवा गर्न पाउँदा स्वच्छ भावना र स्वच्छन्द विचारले म अत्यन्तै खुशी हुन्छु।” आफ्नो गायनजात्रा सँगै सामाजिक उत्तरदायित्व पनि पूरा गरिरहेकी सकुना श्रेष्ठ सामाजिक प्रेरणाको प्रतीक बनिरहेकी छन्।
“कृष्ण कृष्ण” बोल रहेको कृष्ण भजन संग्रहमा स्वर सकुना श्रेष्ठ मलेकु, शब्द एचवि सुनार, संगित मञ्जु उपासना, एरेञ्ज सुदिप सागर, स्टुडियो अकेन्टीक नेपाल, मिक्सीङ मास्टरिङ्ग प्रकाश मिश्र रेकर्डिस्ट राजारामबाबुकाे रहेको छ । यस गितलाई निर्देशन एचवि सुनारले दिएका छन् भने कोरियोग्राफ्री मञ्जु उपासना, छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाई, मेकअप सपना लम्साल, ड्राेत विशाल लामा, अभिनय गिता ढुंगाना, गोविन्द विवस, सम्पादन मिलन विश्वकर्मा र प्रविण रहेका छन् ।

https://shorturl.fm/D1Htg
https://shorturl.fm/r4Xk1