Headlineबागमती प्रदेश जिल्ला खबरबिशेषसमाचार

चार मन्त्रीलाई सिधै पदमुक्त गर्दै अविश्वासकाे प्रस्तावकाे सामना गर्ने मुख्यमन्त्री बहादुरसिंह लामाकाे अडान

मकवानपुर हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेका छन् ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार दिउँसो राजीनामा दिएका थिए ।

नेपाली कांग्रेसका २१ सांसदले लामाविरुद्ध हस्ताक्षर गरी संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँलाई नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेसबाट मन्त्री भएका ४ जनाले राजीनामा दिंदै संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस संसदीय दलमा ३७ जना सांसद रहेका छन् ।

तर मूख्यमन्त्री लामाले भने आफुले राजिनामा नदिने बरु तत्काल रिक्त पदमा मन्त्रीहरु नियुक्त गर्ने बताएका छन् । उनले दलको नेताबाट पनि कुनै हालतमा राजिनामा नदिने अडान लिंदै उनी अविश्वासको प्रस्तावको सामना गर्ने पक्षमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button