
काठमाडाैँ – तीनधारा मिडियाले आफ्ना शुभचिन्तक दर्शक श्राेताहरूकाे लागि मिडियाकै निर्देशक तथा नवोदित गायक विनोद मास्केद्वारा सिर्जित दुई उत्कृष्ट गीतहरू ‘हुन्छ भने दिलै देखि’ र ‘मस्तीको रात’ गीति भिडियो अब चाँडै नै सार्वजनिक हुन गइरहेको छ ।
लोक संगीत र आधुनिक प्राविधिक शैलीमा दमदार आफ्नो पहिचान बनाउँदै आएका गायक, गीतकार तथा संगीतकार मास्केले ‘मस्तीको रात’ गीतमा शब्द, स्वर र संगीत भरेका छन् भने ‘हुन्छ भने दिलै देखिमा’ संगीत र स्वर मास्के स्वयंको र मिडियाकै सञ्चालक बालकृष्ण श्रेष्ठ ‘पासा’को शब्द रचना रहेको छ ।
दुवै गीतहरूमा प्रेमिलभाव, र जीवनमा गरिनुपर्ने रमाइलोपनलाई गहिरो रूपमा अभिव्यक्त गरिएको छ । मनभित्र रहेको मायाको छायाँचित्रलाई सरल र सहज रूपमा भिडियो चलचित्रको प्रारुपमा तैयार गरिएको यो सांगीतिक कोसेलीलाई दर्शक र श्रोता सबैले मन पाराउनेछन् भन्नेमा निर्माता पक्षको विश्वास रहेको छ ।
सानो पर्दा भनौं या युट्युब भिडियोमा चाँडै नै आउन लागेको यस सांगीतिक कोसेलीस्वरुपकोे आकर्षक म्युजिक भिडियोहरूले गीतलाई झनै जीवन्त बनाउनेछ ।

गोदावरीको प्राकृतिक सुन्दरताको परिवेशमा छायांकन भएको यस गीतले विभिन्न रमणीय स्थानहरू परिचय पनि गराउनेछ भने घरेलु कक्षको रूपमा पर्यटकीय क्षेत्र ठमेलको पनि पहिचान दिलाउनेछ ।
यस गीतको लागि बजार व्यवस्थापन तथा प्रचारप्रसारसहितको वातावरण तीनधारा मिडियाले मिलाएको हो ।