राजधानीकाे तीनकुनेकाे अवस्था झनै उत्तेजित हुँदै ढुंगा हानाहानका कारण स्थानीय घरमा क्षति र एक घरमा आगलागी

काठमाडाैंकाे तीनकुनेमा राजावादी र प्रहरीबीचकाे झडपले स्थिति तनावपूर्ण भएकाे छ । पत्रकारहरू समेत अश्रुग्यासकाे असरले समाचार सम्प्रेषणमा कठिनाइ भएकाे जानकारी प्राप्त भएकाे छ ।
लगातारकाे अश्रुग्यास र पानीकाे फाेहराका कारण समाचारका लागि गएका पत्रकारहरू समेत तितरबितर हुन बाध्य भएका छन् । स्थानीय नागरिकहरू प्रहरीकाे दमनप्रति रुष्ट भएका छन् भने प्रहरीहरू निषेधित क्षेत्र ताेडेकाेमा राेकावट गर्दा प्रदर्शनकारीले बलप्रयाेग गरेकाले अश्रुग्यास छाड्न बाध्य भएकाे बताएका छन् ।
एक अपुष्ट समाचारका अनुसार आन्दाेलन भइरहेकै अवस्थामा तीनकुनेमा एउटा घरमा आगलागी भएकाे जनाएकाे छ । वास्तविक तथ्य प्रष्टिन बाँकी नै रहेकाे छ ।
राजा फर्काउने भन्दै आन्दोलनरत प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमाथि नै तोडफोड गरेकाे भनी अपुष्ट जानकारी मिलेकाे छ । यसका साथै आन्दोलनकारीले घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका हुन् भनी प्रत्यक्षदर्शीले जनाएकाहुन् ।
तीनकुनेको रोयल बैंक्वेट छेउमा रहेका दुई घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेका छन् ।
घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै तीनकुनेको रोयल बैंक्वेट छेउमा रहेका दुई घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् भनिएकाे छ । यतिबेला प्रहरीकै भ्यानबाट पानीकाे फाेहराले आगाे निभाउने प्रयास भइरहेकाे छ ।