Uncategorized
झापा काँकरभिट्टाको एक घरमा आगलागी हुँदा सामान्य क्षति

झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकडभिट्टास्थित एक घरमा आगलागी हुँदा सामान्य क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाए अनुसार उक्त घरमा विद्युत सम्बन्धीका सामानहरू ममृत गर्ने क्रममा अचानक ब्याट्रीको तार सर्ट भर्इृ आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको जनाएको छ ।
आगलागीको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालयका टोली आएर र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकोले ठूलो क्षति नभएको प्रहरी स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?