Headlineघटना दुर्घटनाबिशेष

बहिनीलाई जिस्काएको निहुँमा रामेछापकाे एक युवककाे हत्या

ललितपुर – रामेछाप घर भएकाे एक युवकले ललितपुरमा खुकुरी प्रहार गरी रामेछापकै एक युवकको हत्या गरिएको समाचार व्याव्त भएकाे छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका –४ ओचुहाइट बस्ने रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरि हत्या गरिएको हो ।

एसपी रेग्मीका अनुसार गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएका छन्। हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्।

मध्यराति १२ः४५ बजेतिर खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाउँदै खातीको घर रामेछापको कुन ठाउँमा हो भनेर खुल्न बाँकी रहेकोले घटनाका सम्बन्धमा थप अनुसन्धान  भईरहेको एसपी रेग्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button