Highlightsघटना दुर्घटना

साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा करोडौं रुपैयाँको क्षति

दाङ – पश्चिम नेपालकाे घोराही उपमहानगरपालिका–९, खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा करोडौं रुपैयाँको क्षति भएको छ।

स्थानीय जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय स्राेतका अनुसार आगलागीले उद्योगको काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री नष्ट गरेको छ। आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योग नजिकैका ३० भन्दा बढी घर जोखिममा परेका छन्। ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ र त्यहाँ बस्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट दमकल लगिएका छन्। दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीहरू आगो नियन्त्रणमा लागिपरेका छन्। तर, गएराति २ बजेदेखि शुरु भएको आगो अझै पूर्णरूपमा निभ्न सकेको छैन भनी स्थानीय प्रशासनले जनाएकाे छ।

तस्बिर साभारः अनलाइन सञ्चार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button