Headlineअपराध घटना

सुन तस्करीकाे अर्काे एउटा नयाँ रूप काठमाडाैंकाे टाेखामा भेटिए

काठमाडाैं – काठमाण्डौको टोखा नगरपालिकाको झोर क्षेत्रमा प्रहरीले एक जना व्यक्तिलाई २५ करोड १९ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा (युरो र अमेरिकी डलर) सहित पक्राउ गरेको छ।

गएराति ना ७ ख १६५२ नम्बरको ट्रकमा विदेशी मुद्रा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोककाे भाेटेकाेशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको हो । उनी रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

अपराध अनुसन्धान स्राेतका अनुसार ४३ वर्षीय कुसाङ लामाले ट्रकको चालक सिट पछाडि बनाइएको गोप्य ठाउँमा मुद्रा लुकाएर केरुङतर्फ लैजान खोजेको खुलासा भएको छ। प्रारम्भिक अनुसन्धानले उनी सुन किन्न जाँदै गरेको देखाएको छ।

कुसाङ यसअघि पनि २०७८ सालमा ७ किलो सुनसहित कलङ्कीबाट पक्राउ परेका थिए, तर पछि रिहा भएका थिए। यति ठूलो रकम कसरी संकलन गरियो भन्नेबारे अनुसन्धान भइरहेको छ। यो रकम नेपालभित्रै संकलन गरिएको हो कि भारतबाट ल्याइएको भन्ने कुरामा पनि अनुसन्धान जारी छ।

ट्रकलाई झन्डै २० दिनसम्म स्वयम्भू क्षेत्रमा रहेको ग्यारेजमा राखेर गोप्य स्थान बनाइएको र रङ्गरोगन गरिएको तथ्य प्रहरीले पत्ता लगाएको छ। यो घटनाले अवैध कारोबार र सुन तस्करीका गतिविधिहरूप्रति थप प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button