Headlineबागमती प्रदेश जिल्ला खबर
भीम मा.वि.बाट ५३जना सहित दोलखा जिल्लाबाट २ हजार ८ सय ३२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

दोलखा – यसवर्षको एसईई परीक्षामा दोलखा जिल्लाबाट २ हजार ८ सय ३२ जना विद्यार्थीहरू सहभागी हुँदैछन् ।
यही २०८१ चैत्र ७ गतेबाट देशैभर एसईई परीक्षा सञ्चालन हुन गइरहेको परिप्रेक्षमा दोलखा जिल्लाको अठ्ठाइसय बत्तीस जना विद्यार्थी मध्येमा भीम माध्यमिक विद्यालय सुन्टोपर दोलखाबाट ५३ जना सहभागी हुँदैछन् । जसमा छात्रा २१ जना छात्र ३२ जना रहेको जानकारी सह प्रधानाध्यापक एस.बी. थापाले दिएका हुन् ।

जिल्लाभरिका पूर्ण विद्यार्थी संख्यामा ८४ वटा सामुदायिक विद्यालयबाट २ हजार ५ सय २३ जना विद्यार्थीमा १ हजार ३ सय ५८ जना छात्रा र १ हजार १ सय ६५ छात्र रहेका छन् ।
१२ वटा संस्थागत विद्यालयबाट २ सय ७४ जना विद्यार्थीमा १ सय ५२ जना छात्र र १ सय २२ जना छात्रा रहेका छन् भने खुलातर्फ २८ जना छात्र र ७ जना छात्रा गरी ३५ जना रहेको जानकारी स.प्र.अ. शिक्षक थापाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
1