भाेजपुरकाे पारपानी जंगलमा लागेकाे आगोले गाउँ भेट्टाउँदा १० घरगाेठमा क्षति

भाेजपुर – भोजपुर नगरपालिका–१२ पारपानीस्थित जंगलमा भएको भीषण आगलागी गाउँमा पस्दा १० वटा घर र गोठमा क्षति पुर्याएको जानकारी प्राप्त भएकाे छ।
स्थानीय प्रशासन स्रेातकाे प्रारम्भिक विवरण अनुसार, आगोले स्थानीय बासिन्दाका घर, गोठ, पशुपालन संरचना, शौचालय लगायतका सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। आगो पारपानीको जंगलबाट सुरु भएर गाउँमा पसेको बताइएकाे छ ।
हालसम्म ६ वटा घर, ४ वटा गोठ, सुँगुरको खोर, र अन्य संरचनाहरू जलेका छन्। आगो नियन्त्रणका लागि दमकल, स्थानीयवासी र सुरक्षाकर्मी सक्रिय छन्, तर आगो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन् । स्थानीय प्रशासनले क्षतिको विवरण सङ्कलन गर्दै प्रभावित परिवारलाई राहत उपलब्ध गराउने प्रयास गरिरहेको स्थानीय स्राेतले बताएका छन्।
यो घटना निकै दुःखद छ। प्रभावित परिवारहरूको उद्धार र पुनःस्थापनाका लागि तत्काल कदम चाल्न आवश्यक देखिन्छ।
तस्बिरः स्थानीय खबर सञ्जाल