Headlineबागमती प्रदेश जिल्ला खबर

‘तीनै तहको सरकारकाे ध्यान सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन जरुरी’- मुख्यमन्त्री बहादुर सिंह लामा

मकवानपुर भीमफेदी – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकारले श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोषको महत्त्वलाई उजागर गर्न जरुरी रहेकाे बताएका छन् ।

मुख्यमन्त्री तामाङले भीमफदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा बाेल्दै अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान सञ्चालन गरिएकोमा खुशी प्रकट गर्दै श्रमिकहरूले बिरामी वा अन्य आपत्कालीन अवस्थामा सहजता महसुस गर्न मद्दत पुर्‍याउने अपेक्षा सहितकाे कार्यक्रमप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

सामाजिक सद्भावका लागि गरिएकाे साे अभियानको सफलता सुनिश्चित गर्न सबै तहको सरकारबीचको सहकार्य, साथै सामाजिक सुरक्षा कोषको फाइदाको प्रभावकारी प्रचारको आवश्यकता रहेकाे मुख्यमन्त्री तामाङले स्पष्ट पार्दै यसले शिक्षा, स्वास्थ्य, रोजगार लगायत देशको समग्र विकासमा ठुलो भूमिका खेल्नेमा आफू विश्वस्त रहेकाे धारणा व्यक्त गरेका छन् । साथै उनले श्मिरकहरूको भविष्य सुरक्षाका लागि यस्तो खालकाे कार्यक्रमकाे पहल महत्वपूर्ण रहेकाे जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button