Headlineबिशेषमनोरञ्जनसमाचार

कालिञ्चोकमा हिउँको वर्षात्, मन्दिरसम्म पुग्न कठिनाइ भएको चर्चा


निकै लामो समयको अन्तरालमा दोलखाको कालिञ्चोक माताको मन्दिर परिसरमा भारी हिमपात भइरहेको छ । हिमपातका कारण सो स्थानको मुख्य गन्तव्यस्थल कुरी बजार यतिबेला हिउँले पुरै छोपिएको जानकारी प्राप्त भएको छ ।

दोलखाको हिमाली भेकको उच्च टाकुरामा रहेको कालिञ्चोक मन्दिर दर्शन गर्नुको अलावा प्रकृतिको सौन्दर्यतमा मोहित हुने प्रकृतिप्रेमीहरू यतिबेला सो स्थलमा हिउँ खेल्न जान उत्साहित भएका छन् ।

दोलखा बागमती प्रदेशको पूर्वी हिमाली जिल्ला भएकोले प्रत्येक वर्ष हिउँले ढाक्ने क्षेत्रमध्ये प्रायश: खरिढुंगा, रोलखानी, शैलुङ पर्वत, गणेश पर्वत सहित कालिञ्चोक यतिबेला अस्थायी हिम श्रृङ्खला जस्तै देखिन्छ ।

गत माघ महिनादेखि कालिञ्चोक क्षेत्रमा हिउँ खेल्ने रहरलाई मनमा गुनिरहेकाहरूलाई यो सुनौलो अवसर हो । तथापि गत मंगलबारदेखि निरन्तर हिउँ परिरहेकोले केवलकार सञ्चालनमा समेत अवरोध सृजना भएर दर्शनार्थीहरू कुरीमै रहन बाध्य भएको कुरा दृश्यावलोकन यात्रीले जानकारी दिएका छन् ।

कालीमाताको नामबाट दर्शन गर्न जाने दर्शनार्थीहरूले कालिञ्चोक भगवती भनेको कृत्रिम मूर्ति प्रतिस्थापना गरेको मन्दिर होला भन्ने परिकल्पनालाई त्यागेर त्यहाँ रहेको अकल्पनीय कुण्ड नै त्यहाँको वास्तविक दैवीको प्रारुप हो भन्ने जान्न जरुरी छ । इच्छालु कुनै भक्तले देवी भगवतीको विशाल मूर्ति बनाएर बाहिर देखाएर राखिएको भए तापनि कालिञ्चोक भगावतीको यथार्थ प्रारुप त्यहाँ रहेको जलकुण्ड हो ।

कालिञ्चोक भगवती दर्शन गर्न आउने भक्तजन र दर्शनार्थीहरूलाई त्यहाँ रहेका व्यवस्थापन समिति र पुजारी वर्गले यो कुराको यथार्थ जानकारी दिन आवश्यक रहेको छ । हिउँप्रेमी सर्वसाधारणले कालिञ्चोक क्षेत्रमा रहेको तीनतले ओढारको इतिहास पनि बुझ्न खोज्दा त्यहाँसम्म पुग्नुको औचित्य स्पष्ट हुनेछ । जुन ओढार संदिँयौ शताब्दी पहिलेदेखि प्राकृतिक घरको अवशेषको रूपमा रहि आएकोमा आधुनिक व्यापारीहरूको लोभी प्रवृत्तिले ध्वस्त बनाइएको छ । भाैगाेिलक र माैलिकतामाथि व्यापारीकरणकाे हस्तक्षेप हुँदा पनि स्थानीय निकाय माैन रहनु दुःखदायी कुरा हाे । जुन ओढारले कुनै समयमा कालिञ्चाेक माताकाे दर्शन गर्न जानेहरूकाे आश्रय स्थलकाे रूपमा प्रसिद्धिता पाएकाे थियाे । साे स्थान हालकाे हाेटल परिसरबाट ठ्याक्कै उत्तरपूर्वी कुनामा रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button