Headlineसमाचारस्वास्थ

सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे आग्रह

फागुन १५ काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनैपनि ठाउँमा गरिने विभिन्न मेला, महोत्सव तथा जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह गरेको छ।

मन्त्रालयले सुर्तीजन्य पदार्थको उत्पादन र बेचबिखनले मानव स्वास्थ्यमा हानिकारक असर गर्ने भएकाले यसलाई मेला, महोत्सव र जात्रामा प्रायोजक नराख्न आग्रह गरेको हो। यस सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ऐन, २०६८ तथा निर्देशिका, २०८१ जारी गरिएका छन्, जसमा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न नपाइने उल्लेख भएकाे जानकारी गराइएकाे छ ।

सुर्तीजन्य पदार्थको सेवनले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा नकारात्मक असर पर्ने भएकाले मन्त्रालयले यस्ता पदार्थको नियन्त्रण र नियमन गर्न प्रावधानहरू बनाएको छ। यदि कसैले यो व्यवस्थाको पालना नगरेको पाइएमा, मन्त्रालयले कानुनी कारवाही गर्नेछ।

मन्त्रालयले यस सम्बन्धमा थप जानकारीका लागि ‘हेलो स्वास्थ्य’ कल सेन्टर १११५ वा भाइबर/ह्वाट्सएप नम्बर ९८५१३३०५९२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button