
महाशिवरात्रिको अवसर पारेर बुधबारबाट रिलिज हुने पछिल्लाे नेपाली चलचित्र ‘लाज शरणम्’ ले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ।
देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ, जसमा काठमाडौं उपत्यकाका आउटलेटमा २९ र उपत्यका बाहिर ३६ शो छन् । यस चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको वितरकले जानकारी दिएका छन् ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको यस चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) मुख्य भूमिकामा छन्। चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्, र यसमा विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । यो चलचित्र वर्षकै प्रतिक्षितमध्येको एक हो भनिएकाे छ।