
काठमाडा्ै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरुलाई एचपिभी खोप गत २२ माघबाट सुरु भएर ६ फागुनसम्पन्न लगाएकाेमा एचपिभी खोप प्रमाणीकरण नभएकाे चर्चा बाहिर आएकाे छ,
- यो खोप चीनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको हो।
- साे खाेप १४ लाख २८ हजार किशोरीहरुलाई लगाइएको थियो।
- खोप प्रमाणीकरण नगरी लगाइएको हुँदा, भविष्यमा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने खतरा रहेको छ।
- स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग बीच समन्वयको कमी रहेको देखिएको छ।
- खोपको लट रिलिज (खेप प्रमाणीकरण) नगरि अभियान सञ्चालन गरिएको हो।
- यस खोपलाई ग्लोवल एलाइन्स फर भ्याक्सिन (गाभी) र युनिसेफमार्फत खरिद गरिएको थियो।
- खोप प्रमाणीकरण नगरी लगाउनु कानुनी, नीतिगत र प्राविधिक प्रक्रिया विपरीत रहेको जानकारहरुले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?