Headlineअन्तराष्ट्रियमनोरञ्जन

पपस्टार शकिरालाई पेटको समस्याले अस्पताल भर्ना, पेरुकाे कार्यक्रम स्थगित

बहुचर्चित विश्व सांगीतिक टूर ‘लास मुजेरेस या नो लोरन’मा निस्किएकी पपस्टार शकिरालाई पेटको समस्या भएपछि अस्पताल भर्ना भएकी छन् ।

शकिरालाई अस्पताल भर्ना गरिएकोले पेरुमा हुने उनको कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनको स्वास्थ्य समस्याको बाबजुद उनले आफू उपचाररत रहेकाे जानकारी दिंदै शाकिराले सामािजक सञ्जाल मार्फत् कार्यक्रम राेकिन गएकाेमा माफी मागेकी छन्।

उनको स्वास्थ्य समस्याका कारण टूर रोकिन गए उनको योजनाअनुसार, कोलम्बिया जानुअघि पेरुमा प्रस्तुति दिनुपर्नेछ। शकिराले फेब्रुअरी ११ मा ब्राजिलको रियो दि जेनेरियोबाट टूर सुरु गरेकी थिइन् र उनको दक्षिण अमेरिकी यात्रा ८ मार्चसम्म चल्नेछ। त्यसपछि उनी मेक्सिकोको लागि तयार हुनेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button