दाेलखाकाे लामावगर नाका खोल्न 20 करोड बजेट विनियोजनकाे साथमा चरिकाेट काँकडभिट्टा यातायात सुरु

दाेलखा – नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले लामावगर नाका खोल्न २० करोड बजेट विनियोजन गरी बहुबर्षिय योजनामा समावेश गरेकाे जानकारी प्राप्त भएकाे छ ।
मन्त्री दाहालले फागुन ५ गते आज चरिकोट-काँकडभिट्टा सिधा यातायात सेवा ओैपचरिक रूपमा शुभारम्भ गरेका छन् भने हिजाे फागुन ४ गते मन्त्रीले उत्तर-दक्षिण लोकमार्ग लामावगर- बिर्तामाेड सडक निरीक्षण गर्न हिजो चीनको सीमावर्ती लामावगर पुगेका थिए ।
बहुबर्षिय योजनामा समावेश गरिएकाे २० कराेड बजेटकाेकार्यान्वयन गर्न हिजोदेखि दोलखाको सडक निरीक्षण गर्दै आउने बजेटमा यो राजमार्ग प्राथमिकतामा राखेर अगाडि बढाउने नेकपा एमालेसँग सम्बद्ध मन्त्रीकाे दाहालकाे धारणा रहेकाे छ ।
रोलवालिङ यातायात र अरनिको यातायात र मेचिको यातायातले चरिकोट, सिन्धुली, बर्दिवास, झापा हुदै काँकडभिट्टासम्म बस सेवा सञ्चालन गर्दै आएको भए पनि दाेलखाकाे लामावगर नाका विगत केही वर्षबाट बन्द भएकाे कारणले दाेलखामा आर्थिक मन्दी छाएकाे छ ।