Headlineसमाचारस्वास्थ

१३ लाख किशोरीले एचपिभी खोप लगाए

काठमाडाैं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन्।

यो अभियान माघ २२ गते सुरु भई फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। कक्षा ६ देखि १० का छात्रा र १० देखि १४ वर्षका किशोरीलाई खोप प्रदान गरिएको छ।

अभियान सफल पार्न खट्ने स्वास्थ्यकर्मीहरू, स्वयंसेवक र विद्यालयलाई मन्त्री प्रदीप पौडेलले धन्यवाद ज्ञापन गरेका छन्। अभियानको लक्ष्य १७ लाख किशोरीलाई खोप दिनु हो।

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सरकार निरोधात्मक कार्यक्रमहरू सञ्चालन गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button