Headlineमनोरञ्जनसमाचार

आज प्रणय दिवस विश्वभर मनाइँदै, नेपालीहरू झनै उत्साहित

पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित ”भ्यालेन्टाइन डे“ तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयसँग गाँसिएकाे सैनिकमा कार्यरत युवा प्रेम र विवाह गर्न नहुने प्रसङ्गमा भ्यालेन्टाइन सम्राट्को त्याग र बलिदानकाे स्मरणमा मनाइने उत्सवकाे दिन हाे ।

रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहले सैनिक सेवामा बाधा पुर्‍याउँछ भन्ने ठान्थे, जसकारण उनले यसलाई प्रतिबन्ध लगाएका थिए। तर भ्यालेन्टाइन सम्राट्को निर्णयलाई धर्म विरुद्ध मान्थे र अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर खुसी हुन्छन् भन्ने ठान्थे।

भयालेन्टाइनले भने राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन्, सार्वजनिक स्थलमा सामूहिक विवाह कार्यक्रम पनि सम्पन्न गरे। यसै कारण उनलाई ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो।

नेपालमा विकृति: नेपालीहरू सद्रभावमय छन्, विदेशी धर्म, उत्सव, चाडपर्व, नयाँ वर्ष दिल खाेलेर मनाउँछन् । व्यापारमा पनि घरेलु उत्पादित वस्तु भन्दा पनि आयातीत वस्तुलाई टेवा पुर्याएर स्वधनि कहलाउन पछि पर्दैनन् । जसले देशकाे अर्थव्यवस्था धरापमा परेकाे हुन्छ ।

भ्यालेन्टाइन डे पछिल्लो समय नेपालमा पनि धेरै मानिसहरूले मनाउन थालेका छन्। यस दिनमा प्रेम प्रस्ताव राख्ने, उपहार दिने, र प्रेमभाव साटासाट गर्ने गरिन्छ। तर पछिल्लो समय प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको छ।

प्रेम दिवस भन्दैमा जोकोहीलाई गुलाब दिएर प्रेम हुन सक्दैन। सच्चा प्रेमले जीवनलाई सरल बनाउँछ, तर झूटो प्रेम ‘फेक लभ’ गर्नेलाई यसो गर्नु राम्रो होइन। चोखो मनले गाँसिएको प्रेम पो दीगो र मिठो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button