अपराध घटना
रुकुम पूर्वको भूमे गाउँपालिका-४ मा भयाे अप्रिय घटना
रुकुम पूर्वको भूमे गाउँपालिका-४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेका जस्तो जानकारी छ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले बताएका छन्।
यो घटनाबारे अनुसन्धान अगाडि बढिरहेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?