Breaking NewsHeadlineसमाचार
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अदालतकै अवहेलना मुद्दा दर्ता

काठमाण्डू, २८ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
अधिवक्ता ओमप्रकाश अर्यालले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्चको आदेशको कार्यान्वयनमा बाधा पुर्याएको आरोप लगाएका छन्। रिट निवेदकले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पनि विपक्षी बनाएका छन्।
सर्वोच्चले हदबन्दी छुटका अवस्थामा जग्गा सरकारको नाममा प्राप्त गर्नुपर्ने भनेको थियो, तर उक्त परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री र मन्त्रीले अवरोध पुर्याएको आरोप छ।
रिट निवेदनमा फागुन ४ गते पेशी तोकिएको छ, र निवेदकले प्रधानमन्त्रीलाई पदमुक्त गर्नसमेत माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?