Headlineअपराध घटना
काठमाडाैंकाे कुमारीगालमा एक युवककाे हत्या ३ जना पक्राउ

काठमाडाै – काठमाडौँ महानगरपालिकाको वडा नं. ७ चाबहिलस्थित कुमारीगालमा एक युवकको हत्या भएको छ ।
काभ्रे जिल्लामा घर भएका २२ वर्षीय अमृत कार्कीकाे आज बिहान दुई समूहबीच झगडा हुँदा ज्यान गएकाे प्रहरी स्राेतले बताएकाे हाे ।
झगडाकाे क्रममा छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ। हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेकाे र अनुसन्धान भइरहेकाे प्रहरी वृत्त गौशालाले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?