
गाेरखा – निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माणाधीन फिल्म “पहाड” मंगलबार गोर्खा दरबारमा शुभ मुहूर्त गरी छायांकन शुरू गरिएको छ।
निकै लामाे समयकाे अन्तरालमा लाेकप्रिय चलचित्र निर्देशक तुलसी घिमिरेले सुनसान हुँदै गएकाे ग्रामीण बस्ती र बसाेबासमा देखिएका समस्या उजागर गर्दै नयाँ चलचित्र निर्माणकाे क्रम अगाडि बढाएका छन् ।
फिल्मको विशेषताहरू:
- मुख्य कलाकारहरू: मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, र डेब्यु अभिनेत्री पञ्चमी घिमिरे
- कथावस्तु: युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु
- निर्देशकको उद्देश्य: अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पु¥याउने
- छायांकन स्थान: गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन
- निर्माता: ओजस्वी केसी
- छायाँकार: प्रमोद प्रधान (तीस वर्षपछि नेपाली फिल्ममा पुनः योगदान)
- सह निर्माता: रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ
- संगीत निर्देशक: रञ्जित गजमेर
- क्रिएटिभ निर्देशक: भारती घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?