Headlineबागमती प्रदेश जिल्ला खबर
साेच सकारात्मक राखेर कर्म गरे समाज स्वतः सकारात्मक मार्गमा लाग्छ,- मुख्यमन्त्री बहादुरसिं लामाकाे धारणा

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बिहीबार यहाँ आयोजना गरेको स्वजागरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री लामाले उक्त धारणा व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री लामा तामाङले खुशी र सकारात्मकतामा जोड दिंदै मनलाई सफा राख्न सके सबै कार्य सिद्ध हुने र जीवनमा खुशी र सकारात्मक सोचको महत्वलाई उजागर गर्दै समाजलाई सकारात्मक दिशातिर लैजान सहज हुने बताए ।
मुख्यमन्त्रीले तनाव व्यवस्थापन, योग तथा ध्यान अभ्यास, र स्वजागरण कार्यक्रममा बोल्दै अरुप्रति रिस र डाहा राख्नेले प्रगति गर्न सक्दैन र सकारात्मक धारणाले नै सफलता प्राप्त गर्न सक्छ।
मुख्यमन्त्रीको विचारमा जीवनमा खुशी र सकारात्मकता महत्वपूर्ण कुरा हुन्। यस्तो सन्देशलाई सम्प्रेषण गरेर उहाँले समाजलाई सकारात्मक दिशामा लैजानका लागि प्रेरित प्रसङ्ग व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?