
माघ काठमाडाैँ – भारतबाट अबैध रूपमा सेतो अण्डा भित्रिँदा चितवनको अण्डा बजार प्रभावित भएको कुखुरापालक किसानहरूकाे ठहर रहेकाे छ ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार सीमा क्षेत्र र नजिकका बजारमा ३० प्रतिशत सेतो अण्डा देखिएको छ। लामो समयपछि अण्डा उत्पादनकाे लागत मूल्य पाउन सफल भए पनि यो समस्याले कुखुरापालक किसानहरू निराश बनाएको छ।
अण्डा उत्पादन र बजारमा समस्या भएकाले किसानहरू विस्थापित हुँदै आएका छन्। युवा व्यवसायी अमोद खनालका अनुसार नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रू १६.५६ पर्न आउँछ। सरकारलाई अवैध अण्डा रोक्न कडाइ गर्नुपर्ने बताइएको छ।
यसैगरी, सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार अबैध वस्तु भित्र्याउन रोकथामका लागि आवश्यक निर्देशन दिइएको बताइन्छ।
नेपालमा दैनिक ३२ लाख अण्डा उत्पादन हुँदै आएको अनुमान छ। तर रोगको संक्रमणको कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा नेपाल भित्रिएको छ। यसले गर्दा अण्डाको मूल्यमा गिरावट आएको छ र फार्म मूल्य प्रतिकरेट (३० वटा अण्डा) रू ५१५ बाट घटेर रू ३७० पुगेको छ।