Headlineबागमती प्रदेश जिल्ला खबर
दोलखामा घरपालुवा जनावरलाई लाग्ने पिपिआर रोग विरुद्धको खोप अभियान सुरु हुँदै

माघ २४ दाेलखा- दोलखा पशु सेवा कार्यालयले दोलखामा भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप अभियान सुरु गरिन लागिएको जानकारी प्राप्त भएकाे छ।
वरिष्ठ मत्स्य विकास अधिकृत ज्ञानबहादुर जिरेलकाे नेतृत्वमा एकहप्तासम्म चल्ने साे अभियान अन्तर्गत १ लाख ९२ हजार भेडाबाख्रालाई खोप लगाईने कुरा स्थानीय कार्यालय स्राेतले जनाएकाे छ ।
पिपिआर रोग एक घातक विषाणुको कारण हुने रोग हो जसले भेडाबाख्रामा ठुलो क्षति पुर्याउने भएकाेले सरकारले यो खोप निशुल्क उपलब्ध गराउँदै आएको बताउँदै भ्याक्सिन जिल्लाका ९ वटै स्थानीय तहहरूमा पठाइएको स्राेतले बताएकाे छ ।
यो खोप अभियानले पिपिआर रोगबाट हुने क्षतिलाई कम गर्न र जिल्लाको भेडाबाख्राको सुरक्षाको लागि महत्वपूर्ण योगदान दिने जानकारी सम्बन्धित सेवा कार्यालयले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?