Headlineबागमती प्रदेश जिल्ला खबर

मेलुङ गाउँपालिकामा हालसम्म ५५ वटा योजनाको निर्माण कार्य सम्पन्न

माघ २३ काठमाडाैं – मेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म ५५ वटा योजनाको निर्माण कार्य सम्पन्न भएकाे जानकारी प्राप्त भएकाे छ।

गाउँपालिकाले याे अवधिमा उपभोक्ता समितिमार्फत ५० वटा र ठेक्कामार्फत ५ वटा योजनाको काम सम्पन्न गरिनुका साथै हालसम्म ११० वटा योजनाको सम्झौता गरिसकिएकाे र जसमा ९० प्रतिशत योजनाहरू समावेश भएकाे पालिका स्राेतले बताएकाे छ।

चालु वर्षको बजेट ५६ करोड ४२ लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३४.३८ प्रतिशत खर्च भएको छ। चालु योजनाहरूमा ३७.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगत योजनाहरूमा २८ प्रतिशत खर्च भएको छ।

पूर्वाधार विकास र खानेपानी सरसफाईतर्फ कुल १८ करोड ८० लाख ५ हजार बजेट विनियोजन गरिएको थियो। गाउँपालिकाले माघ मसान्तभित्र सबै योजनाको सम्झौता गरी चैत मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको छ।

मेलुङ गाउँपािलकाका अध्यक्ष हिराकुमार थोकरले योजनाहरूको सूचना प्रकाशन र सम्झौताको लक्ष्य पूरा भएको जानकारी दिनुका साथै प्रदेश सरकार र संघीय सरकारका विभिन्न अनुदानमार्फत पनि मेलुङमा योजना सञ्चालन भइरहेको बताएका छन् ।

यो संगठित र योजनाबद्ध प्रयासले मेलुङ गाउँपालिकामा महत्वपूर्ण पूर्वाधार विकास कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button