सहिद स्मृति आवासीय विद्यालयले लगातार पाँचौं पटक राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि हात पारे

दाेलखा जिरी – जिरी नगरपालिका स्तरिय छैठाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उपाधी सहिद स्मृति आवासीय विद्यालयजिरीले लगातार पाँचौं पटक पनि जितेको छ।
यही माघ १८ गतेबाट जिरी माविमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रतिनिधिसभा सांसद गंगा कार्कीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा जिरी नगरपालिकाभित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियाेगितामा २४ पदकहरू प्राप्त गरेर सहिद स्मृति आवासीय विद्यालयले १७ स्वर्ण, ५ रजत र २ कास्य सहित प्रथम भएर यो उपलब्धि हासिल गरेका छन् । प्रतयाेगिता अन्य विवरण यस प्रकारका छन्-
उपविजेता: जिरी मा.वि., १६ पदकहरू (७ स्वर्ण, ७ रजत र २ कास्य) सहित।
तेस्रो स्थान: सरस्वती मा.वि., ८ पदकहरू (३ स्वर्ण, २ रजत र ३ कास्य) सहित।
अन्य उल्लेखनीय उल्लेखहरू:
जेईएम एकेडेमी: ९ पदकहरू (२ स्वर्ण, २ रजत, ५ कास्य)
बौद्धभुवनेश्वरी मा.वि.: १७ पदकहरू (८ रजत, ९ कास्य)
गर्जंगढुङ्गा मा.वि. र ठूलोपातल मा.वि.: प्रत्येक ६ पदक
धुगेहश्वरी मा.वि.: ५ पदक (२ रजत, ३ कांस्य)
कालिका मा.वि.: १ पदक (१ रजत)

विजेता तथा खेलाडीहरुलाई आजै एक समारोहका बीच नगरप्रमुख मित्र बहादुर जिरेल सहित विभिन्न स्थानीय अधिकारीहरूको उपस्थितिमा विजेताहरूले आफ्नो पुरस्कार प्राप्त गरे। विजेता टोलीले ३५,००० नेरु, उपविजेताले २५,००० नेरु र तेस्रो स्थान हासिल गर्ने टोलीले १५,००० नेरु, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिता माघ १८ मा सुरु भएको थियो र नगरपालिका भित्रका ९ विद्यालयहरूको सहभागिता देखिएको थियो।