दाेलखामा भाेलि माघ २२ गतेबाट ६ हजार पाँच सय ३० जना छात्रा तथा किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाउँदै

दोलखा – बागमती प्रदेशकाे दाेलखा जिल्ला जनस्वास्थ्य कार्यालय दोलखाले २२ माघ भोलि (मंगलबार)देखि माघ २६ गतेसम्म जिल्लाभरका ६ हजार पाँच सय ३० जना छात्रा तथा किशोरीहरुलाई ’एचपिभी‘ खोप लगाउँदै छ ।
जनस्वास्थ्य कार्यालय दोलखाका सूचना अधिकारी पवन भाटले जानकारी दिए अनुसार जिल्लाका नौ पालिकाका कक्षा ६-१० सम्म अध्यनरत किशोरी तथा विद्यालय नजाने का १०देखि १४ वर्ष उमेर समूहका विद्यालय छात्रा तथा किशारीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एच.पि.भी) खोप लगाइने तयारी पुरा भएको छ ।
देशैभर सञ्चालन हुने यस कार्यक्रम अनुसार हरेक जिल्लाका जनस्वास्थ्य कार्यालयले सम्बन्धित विद्यालयमै खोप केन्द्र रहनेगरि मंगलबारदेखि विद्यालयमै स्वास्थ्यकर्मी तथा खोप कर्ता खटाएर क्यान्सर विरुद्धको खोप लगाइने भएकाे छ ।
जिल्लामा कहाँ कति –
भीमेश्वर नगरपालिका २९ विद्यालय केन्द्रित कक्षा ६ देखि १० सम्मका १४ सय ८१ जना,
जिरी नगरपालिका १० विद्यालय केन्द्रित खोप केन्द्रमा पाँच सय एघार जना,
कालिञ्चाेक गाउँपालिकाका २१ विद्यालयका नौ सय ११ जना,
गौरीशंकर गाउँपालिकाका १४ वटा विद्यालयका पाँच सय ३६ जना,
तामाकोशी गाउँपालिकामा रहेका १९ विद्यालय केन्द्रित खोप केन्द्रमार्फ पाँच सय ६६ जना
वैतेश्वर गाउँपालिका भित्रका १७ वटा विद्यालय केन्द्रित खोप केन्द्रमा पाँच सय ८४ जना,
मेलुङ गाउँपालिका १६ वटा विद्यालय तथा अन्यगरि पाँच सय ९७ जना,
विगु गाउँपालिका भित्रका २० वटा विद्यालय केन्द्रित खोप केन्द्रमा सात सय ४० जना
शैलुङ गाउँपालिका भित्र रहेका १३ वटा विद्यालय केन्द्रित खोप केन्द्र र अन्य सहित छ सय जना
कार्यालयले खोप लगाउन खोप केन्द्र सम्बन्धि विद्यालयमा एक सय ५९ र अन्य स्वस्थ्य संस्थामा ७० वटागरि दुई सय २९ वटा खोप केन्द्रमार्फ सम्बन्धि पालिका स्वास्थ्यकर्मि, स्वास्थ्य स्वयंसेविका र विद्यालय नर्सहरुलाई खोप कर्ताको रूपमा खटाउने भएको छ।