मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीकाे नियन्त्रणमा

१९ माघ काठमाडाैं – काठमाडौँ ट्राफिक प्रहरीले माेटरसाइकल चाेरीमा संलग्न मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई काठमाडाैंकाे छुट्टाछुट्टै स्थानबाट शुक्रबार नियन्त्रणमा लिएका छन् ।
प्रहरीकाे नियन्त्रणमा आउनेमा मकवानपुरको कैलाश गाउँपालिका १० घर भई हाल काठमाडौंको माकलबारी बस्ने २२ वर्षीय विजय थिङ र काठमाडौँको बौद्ध बस्ने २८ वर्षीय चलान सिंह थिङ रहेकाे ट्राफिकले जनाएका छन् ।
मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ८३ ३४ रहेको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०३-०३३ प ३ ५५३ राखि काठमाडौंको चाबहिलमा विजयले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चलान सिंहबाट विजयले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत ट्राफिक प्रहरीले काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिएको थियो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए अनुसार उक्त मोटरसाइकल अर्घाखाँची घर भएका आदर्श बेल्बासेले काठमाडौंको काठमाडौं महानगरपालिका ३२ पञ्चमुखीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।