बागमती प्रदेश जिल्ला खबर

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

मकवानपुर हेटौंडा – केन्द्रीय राजधानी काठमाडाैं समेत रहेकाे बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु भैरहेकाे छ।

आज बिहान ११ बजे सुरु भएकाे १५ औं अधिवेशन चार महिनापछि प्रदेशसभाले हिउँदे अधिवेशन आह्वान गरेको हो । आजको बैठकमा विधेयकहरु प्रस्तुत नगरीकन नै प्रदेश प्रमुखले पठाएको अधिवेशनको शुभकामना पत्र पढेर सुनाउँदै, दलका नेताहरुले अधिवेशनकाे सफलताकाे कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

गत असोज ७ गते बर्खे अधिवेशन सकिए लगत्तै ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो । विपक्षी दलहरुले सरकारले विगतमा गरेका सहमति कार्यान्वयनको प्रगति बारे हिजो बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठाएपछि सम्भावित कार्यसूची हेरफेर गरिएको जनाइएकाे छ ।

सरकारले आजको बैठकमा केही विधेयकहरु टेबुल गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राप्रपाले विगतको सहमति कार्यान्वयनमा जोड दिएपछि कार्यसूची संशोधन गरेर अधिवेशनकाे प्रारम्भ गरिएकाे जानकारी स्थलगत संवाददाताले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button