Headlineबागमती प्रदेश जिल्ला खबर

बागमती प्रदेश सरकारका मुख्यमन्त्रीद्वारा साेनाम ल्हाेछारकाे शुभकामना व्यक्त

१७ माघ हेटाैडा – बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिं लामाले २८६१ अाैँ मञ्जुश्री वर्षमा प्रवेश गरेकाे अवसरमा मनाइँदै गरेकाे साेनाम ल्हाेछार पर्वका अनुयायी सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनमा शुभकामना व्यक्त गरेका छन् ।

तामाङ समुदायहरूले हरेक वर्षकाे माघ शुक्ल परेवाकाे दिनमा मनाउने गरेकाे साेनाम ल्हाेछार पर्व अादिवासी जनजातीमध्येकाे तामाङ समुदायकाे महत्वपूर्ण र परम्परागत हाे । यसैमा केन्द्रीत हुँदै मुख्यमन्त्री लामाले सम्पूर्ण नेपालीजनकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दै बागमती प्रदेश मुख्य मन्त्रालयबाटै समुदायकाे जानकारी सहित शुभकामना व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button