Headlineबिशेषमनोरञ्जन

तामाङ समुदायकाे नयाँवर्ष साेनाम ल्हाेछार दाेलखा लगायत अन्य जिल्लामा पनि मनाइँदै

सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै: मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

माघ १६ दोलखा – बागमती प्रदेशकाे हिमाल र पहाड क्षेत्र लगायत अधिकांश जिल्लाहरूमा २८६१अाैँ मञ्जुश्री वर्ष साेनाम ल्हाेछार मनाउन दोलखाको शैलुङ गाउँपालिकाले तीन दिन विदा दिएको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये ७ वटा जिल्लामा तामाङ समुदायकाे बाहुल्यता रहेकाेमा दाेलखा जिल्लााकाे शैलुङ गाउँपालिकाले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछारको अवसरमा आजदेखि शुक्रबार १८ गतेसम्म स्थानीय पर्व विदा दिएको हो । पालिकाभित्र तामाङ समुदायको बाहुल्य रहेको कारण पालिकाले नयाँ वर्ष डुल सा पुख्री ल्हो(सर्प वर्ग)मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होसारको विदा दिएको जनाएको छ ।

त्यसैगरी जिल्लाको मेलुङ र बैतेश्वर गाउँपालिकाले पनि ल्होसार मनाउन शुक्रबार स्थानीय पर्व विदा दिएको छ । भोली सोनाम ल्होसार पर्व तामाङ समूदायले धुमधामका साथ मनाउँदैछन् । प्रदेशमा रहेका धादिङ, नुवाकाेट, काभ्रेपलाञ्चाेक सिन्धुपाल्चाेक, दाेलखा, रामेछाप, मकवानपुर र सिन्धुली जिल्लामा विशेषतः तामाङ समुदायकाे बहुल्यता रहेकाे छ भने यस लगायत उपत्यकाका तीन जिल्ला वरिपरिका परिवेशमा पनि याे समुदाय छरिएर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button