Headlineअर्थबिशेष

चालु आर्थिक वर्ष २०८१ साउन यता नेपालबाट एक खर्बको वस्तु निर्यात

७ माघ काठमाडौं – नेपालले चालु आर्थिक वर्षमा झण्डै एक खर्बको वस्तु निर्यात गरेको जानकारी नेपालकाे भन्सार विभागले दिएकाे छ ।

भन्सार विभागले बताए अनुसार विदेशबाट आयात गरिएकाे वस्तुकाे तुलनामा कम देखिए पनि २०८१ साउन यता करिब एक खर्ब (९८ अर्ब ७९ करोड) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ । तथापि पछिल्लो तीन महिनादेखि भने निर्यातमा उच्च वृद्धि देखिएको छ । 

हालसम्म नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारमा वार्षिक दुई खर्ब रूपैयाँसम्म निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८र७९ मा भएको दुई खर्ब  तीन करोड रूपैयाँ नै अहिलेसम्मको उच्च निर्यात हो। करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला तीन महिनामा उल्लेख्य बृद्धि भएको विभागले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button