
६ माघ काठमाडौं – बीमा कम्पनी मध्येकाे एक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड २०२५’ कार्यक्रम सम्पन्न गरेको छ।
सन् २०२५ को लागि एमडीआरटी लक्ष्य प्राप्त गरेका ९५ जना अभिकर्ताहरुलाई सम्मान तथा अवार्ड वितरण गर्ने उद्देश्यले शनिबार कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबाट सम्मानित भएका अभिकर्ताहरुले आउँदो दिन अझै लगाव र मिहिनेतका साथ व्यवसाय गर्ने प्रतिवद्धता जनाएका छन्।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरूको भावनालाई बुझेर आउँदो दिनमा विभिन्न सम्मान तथा अभिकर्ता पुनर्ताजगी र एमडीआरटी छनौट भएका अभिकर्ताहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्ने बताए।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवाल र शक्ति गोल्यान, नायब प्रमुका कार्यकारी अधिकृत अमित कुमार केयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, बिजनेस अप्रेसन ओम प्रकाश पुडासैनी लगायत देशभरीबाट उत्कृष्ट व्यवसाय गरी सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल अभिकर्ताहरूको सहभागिता रहेको थियो।