अपराध घटना

दोलखाबाट काठमाडौं जाँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

माघ ४ सिन्धुपाल्चोक – दोलखाबाट काठमाडौं जाँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्ड को ८ किलो नजिक मालबाहक ट्र्कले ठक्कर दिएको थियो । 

मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करपछि मोटरसाइकलमा भएको आगलागीमा परी चालकको जलेर मृत्यु भएकाे प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा डाँडापाखर निवासी दावाछिरिङ तामाङ रहेका छन् ।  घट्नापछि स्थानीयले लामोसाँघु–जिरी सडक अबरुद्ध गरेकाे जानकारी स्थानीय प्रहरीले दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
3
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button