Headlineविचार

प्रेस सेन्टर दोलखाको सातौं अधिवेशन सम्पन्न

दोलखा सदरमुकाम चरिकोटमा शनिबार प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः सुरज बस्नेतको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ ।‌
समतिको खुल्ला उपाध्यक्षमा केदार दहाल, महिला उपाध्यक्षमा लक्ष्मी बस्नेत,कोषाध्यक्षमा नविन सुनुवार, सचिवमा गोविन्द थामी चयन भएका छन् ।

यस्तै सहसचिव खुल्लामा राजकुमार भुजेल, सहसचिव समावेशीमा ईश्वर बिश्वकर्मा चयन भएका छन्।

सदस्यहरुमा करिश्मा गोले, सुजता बस्नेत, प्रकाश कौशल, ममता श्रेष्ठ र सुन्दर खड्का तथा महिला सदस्यमा द्विपतारा पाख्रिन, दलित सदस्यमा मनिता नेपाली र जनजाति सदस्यमा इन्द्रलक्ष्मी थामी निर्वाचित भएका छन् ।
अधिबेशनको उद्घाटन समारोहमा रित बहादुर स्मृति पत्रकारीता पुरस्कारबाट अग्रज पत्रकार बलराम थामा पुरस्कृत भएका छन् । प्रेस सेन्टरको तर्फबाट पत्रकार महासंघमा निर्वाचित पत्रकारहरुलाई पनि सम्मान गरिएको छ ।‌ अधिवेशनको उद्घाटन पूर्वमन्त्री, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवँ दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले उद्घाटन गरेका थिए।

समारोहमा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा माओवादी केन्द्रका नेता अर्जुन योगी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दिलवहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button