Headlineबिशेषबैंकिङ

अमेरिकी डलरको मूल्य उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको दर आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको जानकारी गराएकाे छ ।

आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे जानकारी गराउँदै राष्ट्र बैङ्कले अधिकांश विदेशी मुद्राको भाउमा आज वृद्धि भएको बताएकाे छ ।

विनिमय दरअनुसार  युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको जानकारी गराएकाे छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button