दाेलखाकाे टाइगर टीम काठमाडाैं संग ३-0 गाेल अन्तरले पराजित हुँदै उपविजेता, काठमाडाैं ट्रफी उचाल्न सफल

पाैष २० मकवानपुर हेटाैटा – बागमती प्रदेशकाे राजधानी हेटौंडामा आज संचालन भएकाे दाेस्राे वागमती प्रदेश लिग फुटवल प्रतियाेगितामा दाेलखा उपिवजेतामै चित्त बुझाएकाे छ ।
दाेलखा जिल्ला फुटवल लिग A division फुटवल २०८१ काे बिजेता टाइगर टिम तिखातल र पशुपति चित्लाङ काठमाडौ बीच भएको फाइनल खेलमा पुरै ९० मिनेटकाे खेलमा कडा प्रतिस्पर्धा गरेपनि काठमाडाैंसँग ३-० गाेलकाे अन्तरमा पारजित हुन बाध्य भए ।
दाेलखाली टाइगर टिम तिखातल उप बिजेता भए पनि एन्फा प्रेसिडेन्ट लिगमा छनोट भएको छ | समूह चरणमा नुवाकाेट सिन्धुली जस्ताे सशक्त टीमसँग विजय हासिल गर्दै फाइनलमा पुगेका दाेलखाली टीम पशुपति चित्लाङ काठमाडौसँग भने हार बेहाेर्न स्वीकार्न पर्याे ।

राष्ट्रिय स्तरमा दाेलखा जिल्लामा कुनै पनि खेलले दाेलखाकाे नाम चम्काउन नसकिरहेकाे बेलामा टाइगर टीम दाेलखाले बागमती प्रदेशमा दाेलखा जिल्लाकै नेतृत्व गर्दै फाइनल यात्रा तय गरेकाेमा धेरै ठाउँबाट प्रशंसा सहित बधाइ दिइरहेका छन्।