
काठमाडौं – अत्यन्तै मार्मिक तथा सरस शब्द समेटेर कविता तथा गीत लेख्नमा माहिर कवि तथा गीतकार हरि उप्रेतीद्वारा रचित गीत ‘तिम्रो झझल्को’ बोलको गीत सार्वजनिक भएको छ ।
जुन गीतमा प्रतिभाशाली गायिका तृप्ति खड्का गुरुङले संगीत भरेकी छन् साथै यस गीतमा संगीतकार स्वयं र करण परियारको स्वर रहेको जानकारी सार्वजनिक कार्यक्रमबाट प्रष्ट भएको छ ।
सारेगम स्टुडियो सामाखुसीमा रेकर्ड भएको यस गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमले जीवन्त अभिनय गरेका छन् भने भिडियोको निर्देशन भने विजय गुरुङले गरेका छन् । यस गीतलाई राजेन्द्र श्रेष्ठले संगीत संयोजन गरेका छन् भने यसलाई मिक्सिङ र मास्टरिङ नरेश पाण्डेले गरेका छन् ।
यस गीतको छायांकनको लागि सिनेमा अटोग्राफ र ड्रोनको अभिभारा प्रकाश खड्काले लिएका थिए साथै भिडियोको कलरिङ र सम्पादन मिलन विश्वकर्माको रहेको छ भने साजसज्जा र श्रृङ्गारको कार्य कविता तोलाङ्गीले गरेकी हुन् ।
गायिका तृप्तिले करिब सात दर्जन भन्दा बढि गीतमा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन् भने हरेक गीतमा संगीत भर्न पनि उनी उत्तिकै सक्षम रहेकी छिन् । उनी गीत, गजल, भजन गाउन सक्ने क्षमता भएकी एक प्रतिभाशाली गायिका तथा संगीतकार हुन् ।
नेपाली तथा भारतीय सिने संगीत क्षेत्रमा लोकप्रिय रहेका उदित नारायण झा संगको सहकार्यमा विजय गुरुङको संगीत तथा हरि उप्रतीको शब्दमा ‘सारङ्गीको र्याईंर्याईँ’ र रामकृष्ण ढकाल संगको सहकार्यमा ज्ञानेन्द्र क्षेत्रीको शब्द र आफ्नै संगीतमा ‘छ माया छपक्कै’ र बोलको गीत चाडै नै बजारमा ल्याउने तयारी गरिरहेकी कुरा यही गीतलाई सार्वजनिक गर्दा तृप्तिले बताएकी छन् ।