
नव निर्देशक यम शेर्पाले पहिलोपटक निर्देशन गरेको यो चलचित्रमा सानो पर्दाबाट हास्य कलाकारका रूपमा लोकप्रियता कमाएका जितु नेपाल ‘मुन्द्रे’ यसमा भने भावनात्मक रूपमा खेलेको देखिनेछ ।
लोकप्रिय पात्र दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म कार्साङमा जितुको जोडी दयाहाङसँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको पात्रमा देखिएका छन् । यसमा हसाउनु सँगसँगै केही गम्भीर चरित्र रहेको जितुले खुलाएका छन् । यसमा जितु नेपालको साथमा दयाहाङ, सिर्जना निङलेखु, दिया मास्के मुख्य कलाकार रहेका छन् । सहपात्रमा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन् ।

आम ग्रामीण परिवेशको नेपालीको कथा कार्साङले बोकेको फिल्ममा आफ्नै ठाउँ र समुदायको कथा फिल्ममा देख्न सकिनेछ । यम शेर्पाको डेब्यु निर्देशन र लेखनमा र्नििर्मत फिल्म आगामी २६ गते रिलिज हुँदैछ ।
यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को प्रस्तुतिमा र्नििमत फिल्मको सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसर वीरेन्द्र शाही रहेका छन् ।