Headlineमनोरञ्जनसाहित्य

डा. घनश्याम खतिवडाद्वारा लिखित गीत ‘दोलखा रानी’ मधुर शब्दको खानी

ऋषिहरूको तपोभूमि, ज्ञानीहरूको ज्ञानभूमि, धार्मिक पुण्यभूमि अनि प्राकृतिक छटा र साँस्कृतिक सम्पदाले भरिपूर्ण भएको दोलखाको विविध पृष्ठभूमिलाई समेटेर तैयार गरिएको ‘दोलखा रानी’ शीर्षक गीत डा. घनश्याम खतिवडाद्वारा रचित धरातल प्रेमी गीत हो ।

को–अपरेटिभ मेडिया क्याम्पद्वारा प्रस्तुत यस गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन् भने यसमा स्वर संगीतकार स्वयं र नव लोकप्रिय गायिका मेलिना राईले दिएका छन् । एरेन्जर विजेश्वर राज तण्डुकारको छ भने यसको पोष्टर डिजाइन राजुजङ्ग बस्नेतले गरेका हुन् ।

प्रस्तुत गीतमा दोलखा जिल्लाभरिका पर्यटकीय क्षेत्र बिगुको बौद्ध चैत्य गुम्बा, तामाकोशी, गौरीशंकर, लामाबगर, दोल्ती खोला, सयलुङ थुम्का र च्छोरोल्पालाई संगीतमा सजाएको पाइएको छ ।

दाेलखा रानीका शब्द रचनाः डा. घनश्याम खतिवडा

धार्मिक परिवेशमा दोलखा भीमसेन, कालिन्चोक, गोल्मादेवीलाई पनि सुमधुर संगीतमा समेटेका छन् ।

संगीत पक्षमा खोट लगाउने स्थान नपाए पनि अलिक धीमा भएको भए अझ श्रवणीय हुने थियो कि भन्ने सिरेटोले आभास दिलाउँछ । गीतमा युगल स्वर कर्णप्रिय त छ नै साथमा कोरस पनि भरिएको भए सुनमा सुगन्ध थपिने थियो भन्ने लाग्दछ । जे होस् जन्मभूमि दोलखाका कुना कन्दरा खोतल्दै शब्दलाई श्रृङ्गारयुक्त बनाइएको यो गीतले भविष्य निखार्नेछ भन्ने विश्वास दिलाएको छ ।

गीतका शब्द रचनाकार डा. घनश्याम खतिवडा साहित्य र संस्कृति फाँटमा जो आफैमा स्वनामधन्य हुन् । पशुपति विकास कोषका पूर्व कार्यकारी निर्देशक समेत रहेका खतिवडाका शब्द नै दोलखाली साहित्यिक पहिचानको पर्याय हो भन्दा अस्वभाविक नहोला ।

प्रस्तुत गीतका निर्मातापक्ष र शब्द, संगीत र गायनमा लागेका पारखी मनहरूलाई दोलखालीको तर्फबाट साधुवाद दिंदै सम्पूर्ण समूहको उज्ज्वल भविष्यको कामना छ । अस्तु !

-श्यामसुन्दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button