भाइ र बुबाकाे निर्घात तरिकाले निर्मम हत्या गर्ने जेठाे छाेराे मिलन पक्राउ


बालकोट भक्तपुर ( पौष ९ गते सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटमा दुईजना मान्छेको लाश फेला परेको घटनाले प्रहरीमा जुन खालको चूनौति थियो त्यो अब मत्थर बनेको छ ।
उक्त घटनामा आशंका गरिएका मृतक कूलप्रसाद आचार्यका आफ्नै जेठो छोरा मिलन आचार्य भनिने युवक स्वयं महाराजगञ्ज स्थित प्रहरी बिटमा पुगेर आत्मसमर्पण गरेका छन् । जसले शनिबार बिहानी ३ः०० बजेको समयताका आफ्नै भाइ र बुबाको हत्या गरी दुईवटै कोठामा ताल्चामारी फरार भएका थिए ।
दुईवटा कोठामा तीनजना रहेकोमा दुईजनाको शव शंकास्पद रूपमा छुट्टाछुट्टै कोठामा भेटिएकोमा प्रहरी लगायत स्थानीयले जुन खालको शंका उब्जिएको थियो त्यो अन्ततः यथार्थमा परिणत भएको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख कूलप्रसाद आचार्य आफ्ना दुई छोरालाइ भेट्न शहर आएको बुझिन्छ । जहाँ दुई दाजुभाइ डेरा लिएर बसेका रहेछन् ।
जेठो जो अहिले अभियुक्त बनेका मिलन आचार्य र उनकै भाइ प्रवीण आचार्य बस्दै आएको कोठामा खोटाङबाट बाबु कूलप्रसाद आचार्य छोराहरूलाइ भेटेर दुःखसुखका कुरा बाँडचूड गर्न आएको हुँदो हो । तर आफ्ना बाबुको इच्छाबमोजिम लोकसेवा परीक्षा दिएर सरकारी जागीर खाएर केही गर्ने चाहना राख्दाराख्दै पनि पटकपटक सो परीक्षामा अनुत्तीर्ण भइरहँदा वितृष्णाले ग्रसित मिलनसँग केही ठाकठूक परेपछि आफैंले आफैंमा ग्लानी महसुस गरी उनले गलत सोचको क्रोध जन्माएर आफ्नो रीसलाइ काबूमा राख्न नसकेपछि सो घटना हुन गएको मिलन स्वयंले प्रहरी समक्ष आत्मसमर्पण गरेर बताएबाट सो आशय खुल्न आएको हो ।
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख कूलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।