हनी ट्य्रापर इन्स्पेक्टर बिनुकुमारी शाहीकाे उन्मुक्तिका लागि ५ लाख रूपैयाँ धराेटी माग

पाैष ८ काठमाडौं । ललितपुर भैंसेपाटी प्रहरी वृत्तमा कार्यरत नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ ।
आपराधिक गिरोहसँग समूहसँग मिलेर लाभ लिएको अभियोग लागेकी बिनु शाही सङ्गठित अपराध र आपराधिक लाभ मुद्दामा जिल्ला अदालत ललितपुरकी न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।
हनी ट्य्रापर प्रकरणमा मुछिएकाे चर्चासँगै फरार रहेकी पूर्व इन्स्पेक्टर शाहीकाे मुद्दा प्रकरण पनि सङ्गठित अपराधकै सन्दर्भ देखिएकाेले कानुनविद्हरू यस धराेटी र उन्मुक्तिकाे विषयबारे विविध ढंगले अनुमान लगाउन थालेका छन् ।
भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो । स्थानीय व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापा पक्राउ परेका थिए ।