अभयपुर वचत तथा ऋण सहकारी संस्था लि.काे वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ( दोलखा भीमेश्वर नगरपालिका वडा नं. २ स्थायी घर भइ कर्मथलोको रूपमा काठमाडौंमा रहँदै आएका दोलखालीहरू मिलेर स्थापना गरेको अभयपुर वचत तथा ऋण सहकारी संस्था लि।को १५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं महानगरपािलका वडा नं. १६ नयाँबजारस्थित सो संस्थाको साधारणसभाको प्रमुख आतिथ्य नवनिर्वाचित वडा अध्यक्ष ९रास्वपा० रोजिना श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष आत्माकृष्ण श्रेष्ठ रहेका थिए ।
औपचारिक साधारणसभा कार्यक्रम पश्चात् पदािधकारी चयन सत्रमा सर्वसम्मतिबाट ७ सदस्यीय पदाधिकारी चयन गरेर ३ सदस्यीय लेखा समिति गरी १० सदस्यीय का र्यसमिति गठन भएको जानकारी नवनिर्वाचित उपाध्यक्ष शान्त श्रेषठले बताएका छन् ।

नयाँ चयन भएका कार्यसमितिमाः अध्यक्ष – हेमराज श्रेष्ठ, उपाध्यक्ष- शान्त श्रेष्ठ, सचिव – कलावति श्रेष्ठ, कोषाध्यक्ष – लक्ष्मण श्रेष्ठ, सदस्यहरूः – रूसा श्रेष्ठ, कुमार श्रेष्ठ, रिकि श्रेष्ठ रहेका छन् भने लेखा समितिमा संयोजक – जगतनारायण प्रधान, सदस्यहरूः – मुकेश श्रेष्ठ र अनिल कँडेल रहेका छन् ।