Uncategorized
नेपाल विद्युत प्राधिकरणमा पुन र आचार्य बाहिरिए पराजुली र केसी भित्रिए

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यहरूद्वय भक्तबहादुर पुन र कपिल आचार्यको पदावधि सकिएर विदाई भए लगत्तै सो रिक्त पदमा २ जना डा. बलराम पराजुली र इन्जिनियर लक्ष्मण केसी नियुक्त भएका छन् ।
नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको निर्णयबाट डा. बलराम पराजुली र इन्जिनियर लक्ष्मण केसीलाई नियुक्त गरेका हुन् । सो नियुक्तिको सन्दर्भमा नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रसङ्ग कतै उल्लेख भएको देखिंदैन ।
सदस्य नियुक्त भएका पराजुली जलविद्युत् क्षेत्रमा परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। उनले भेरी बबई बहुउद्देश्यीय आयोजना र एसियाली विकास बैंकमा पनि परामर्शदाताको भूमिका निर्वाह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?