आज नेपाल राज्यभरका नेवार समुदायले ज्यापु दिवस मनाउँदै

आजको दिनलाई नेवार समुदाय भित्रकै किसानवर्गमा रहेका ज्यापुहरूले तीन चार महिनासम्म खेतमा परिश्रम गरेर अन्नबाली विशेषतः धान भित्य्राएको खुशियालमिा ‘ज्यापु दिवस’ मनाउने गर्दछन् ।
असारयाममा रोपेको अन्नपात उब्जाउन गरिएको परिश्रमको फल प्राप्त गर्न सफल भएको खुशिालीमा मनाउने गरेको हुनसक्छ । विगतमा उपत्यकामा विशेष रूपमा मनाउने गरेको यो दिवस एक दशकको अन्तरालमा राज्यभर नै धुमधामले मनाउन थालेका छन् ।

यो दिवसलाई ज्यापु समुदायको पहिचानको हिसाबले उपत्यकामा मनाए पनि भारतको पश्चिम बंगाल अन्तर्गत सिक्किम, आसाम, सिलगुडी, दार्जिलिङ्गमा बसोबास गरिरहेका गोरखा भाषाप्रेमी नेवार समुदायले भने भाषा, वस्त्र र थरमा विभाजित भएर नेवारको पहिचान मेटाउन चाहँदैनन् । उनीहरू नेवार भनेको एकै जाति भनेर पहिचान दिलाउन चाहन्छन् त्यसैले सबैजसो चाड एकै थलोमा रहेर मनाउँदछन् । यो कुरा नेपालमा पनि लागु हुन आवश्यक छ ।
ज्यापु दिवस काठमाडौं उपत्यकाको तीनै शहर लगायत नेपाल भाषा बोल्ने समुदाय रहेका शहरहरूमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने गर्दछन् । तर दोलखामा भने यो दिवस मनाउने गरेका पाइँदैन ।