Headlineअपराध घटना

३ थान बन्दुक र बारुद सहित सहित रामेछापमा एक व्यक्ति प्रहरीद्वारा पक्राउ

२२ मंसिर रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका निवासी नन्दलाल श्रेष्ठ ३ थान बन्दुक र बारुद सहित पक्राउ परेका छन् ।

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कुलेडाँडाका ५४ वर्षीय नन्दलाल श्रेष्ठलाई एक नाले भरुवा बन्दुक ३ थान र १२५ ग्राम बारुद जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्या रामेछापबाट खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

रामेछाप प्रहरीका अनुसार उक्त बन्दुक र बारुदरुपी पदार्थ उनले आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको हो । बिहिबार हतियारसहित पक्राउ परेका श्रेष्ठलाई रामेछाप जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप गरि अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button